Archive

जनप्रशासन संघ एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र बिच अन्तरकृया कार्यक्रम सम्पन्न
जनप्रशासन संघ एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र बिच अन्तरकृया कार्यक्रम सम्पन्न

२०७९ साउन ११,  बुधवार

जनप्रशासन संघ एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र बिच अन्तरकृया कार्यक्रम सम्पन्न

 

नेपालको निकासी व्यापार प्रवर्द्धनका लागी विभिन्न कार्य गर्दै आएको राज्यको एक निकाय व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा गत वुधबार जनप्रशासन संघसंग केन्द्रकै शभाहलमा एक अन्तरकृया तथा वैठक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा PAAN का अध्यक्ष एवं राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त .श्री कृष्णहरी वास्कोटाज्यूले PAAN का  कार्य समिति सदस्य एवं यसै केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक श्री शरद विक्रम राणाज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।उक्त कार्यक्रममा पुर्व आयुक्त वास्कोटाले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले राज्यको निकासी प्रवर्द्धनमा खेलेको भुमिका र आगामी दिनमा यसको महत्व प्रति चर्चा समेत गर्नुभयो । छलफलको क्रममा केन्द्रका नायव कार्यकारी निर्देशक श्री सुयश खनाल ज्यूले बैदेशिक व्यापारको संक्षिप्त प्रस्तुतिकरण दिनुभयो भने केन्द्रकै उपनिर्देशक श्री राजेन्द्र सिंहज्यूले केन्द्रले संचालनमा ल्याएको Nepal Trade Information Portal (NTIP) बारे चर्चा गर्नुभयो ।