Archive

स्वदेशी उत्पादनलाई ‘कलेक्टिभ ट्रेडमार्ग’ आवश्यक छ : राणा
नेपाल निकासी तथा प्रवद्र्धन केन्द्रका प्रमुख सरदबिक्रम राणाले स्वदेशी छाला जुत्ताको प्रवद्र्धनका लागि कलेक्टिभ ट्रेडमार्गमा जान उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित नेपाल छाला जुत्ता उत्पादक संघको १२औं साधारणसभालाई सम्बोधन गर्दै राणाले धेरै स्वदेशी उत्पादनले उचित ब्रान्डिङ्गको अवसर नपाइरहेको बताउँदै अब १०–१२ कम्पनीहरुको एउटै, साझा ट्रेडमार्गको आवश्यक रहेको औंल्याए ।

नेपाल निकासी तथा प्रवद्र्धन केन्द्रका प्रमुख सरदबिक्रम राणाले स्वदेशी छाला जुत्ताको प्रवद्र्धनका लागि कलेक्टिभ ट्रेडमार्गमा जान उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् आइतबार राजधानीमा आयोजित नेपाल छाला जुत्ता उत्पादक संघको १२औं साधारणसभालाई सम्बोधन गर्दै राणाले धेरै स्वदेशी उत्पादनले उचित ब्रान्डिङ्गको अवसर नपाइरहेको बताउँदै अब १०१२ कम्पनीहरुको एउटै, साझा ट्रेडमार्गको आवश्यक रहेको औंल्याए

प्रवद्र्धन केन्द्रका प्रमुख राणाले भने, उच्च टेक्नोलोजिमा उत्पादित विदेशी ब्राण्डका छाला जुत्ताहरूसँग हाम्रा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकै हो तर ठूलो परिणाममा नेपाली उत्पादनलाई चिनाउने हो भने अब कम्पनीहरु कलेक्टिभ ट्रेडमार्गमा जानुपर्छ यसले उत्पादन मात्र होइन क्वालिटीमा समेत निखारता ल्याउँछ राणाले भने, अब कम्तिमा १० वटा कम्पनी साझा ब्राण्डिङ्गमा जानुपर्छ

 

सोही अवसरमा राणाले भने, कलेक्टिभ ट्रेडमार्गमा मात्र होइन उत्पादित छाला जुत्ताको विदेश निर्यात गर्न समेत अब कम्पनीहरु साझा निर्यात गृहको विकासमा जानुपर्छ अनि मात्र स्वदेशी उद्योगहरूले आफूलाई चाहिने कच्चा पदार्थको आयात तयारी वस्तुको सहज निर्यात गर्न सक्छन् अहिले स्वदेशी उद्योगहरु तितरवितर हुँदा आवश्यक कच्चा पदार्थ आयातका लागि एक्जिम कोर्ण एलसी सुविधा समेत पाउन नसकिरहेको उनको भनाइ यस्तै स्वदेशी छाला जुत्ता उद्योगीहरुले बजारसँगै आफ्नो क्वालिटी (गुणस्तर) मा समेत विशेष ध्यान दिनुपर्ने उनले बताए