Archive

प्लास्टिकका फूलहरूको उत्पादन र आयातमा रोक, अबको विकल्प के?
प्लास्टिकका फूलहरूको उत्पादन र आयातमा रोक, अबको विकल्प के?

प्लास्टिकका फूलहरूको उत्पादन आयातमा रोक, अबको विकल्प के?

प्लास्टिकका फूलहरूको उत्पादन र आयातमा रोक, अबको विकल्प के ?

घरको बैठक कोठादेखि अफिस, रुम, होटल तथा विभिन्न कार्यक्रम समारोहहरूमा सजावटका लागि विभिन्न रङ्गीबिरङ्गी फूलका गुच्छाहरूले सजावट गर्ने चलन रहेको प्राय ती सजावटका फूलहरू प्लास्टिकजन्य कच्चा पदार्थहरूबाट बनेको पाइन्छ हाम्रो संस्कृतिलाई समेत यसले कति आक्रमण गर्दै गयो भने विवाह व्रतबन्ध लगायतका अनेकन् धार्मिक समारोहहरूमा सजावटका लागी प्रयोग हुने तोरण मालाहरू समेत प्लास्टिकबाट निर्मित हुन थाले फेरी त्यस्ता सजावटका फूलहरू नेपालको आफ्नो उत्पादन नभई आयातित हुन् हामीले हाम्रो घर करेसामा सहजै उपलब्ध हुने फूलहरू वनस्पति युक्त बिरुवाहरूलाई यस किसिमको सजावटमा प्रयोगमा ल्याउन सकेका छैनौ विकसित देशहरूमा ईन्डोरप्लान्ट भन्दै विभिन्न जात प्रजातिका फूल तथा अन्य वनस्पतिका बिरुवाहरू गमलामा हुर्काएको देख्न सकिन्छ हामी भने सुगन्धहीन आयातित प्लास्टिकका फूलहरूमा रमाइरहेका छौ जसको प्रयोग स्वास्थवर्दक प्रकृतिमैत्री

२०७८ साउन महिनाको १२ गते सरकारले नेपाल राजपत्रमा एक सूचना प्रकाशन गर्दै नेपाल सरकार, वन तथा वातावरण संरक्षण ऐन २०७६, को दफा १५ को उपदफा () ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गर्‍यो नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयातित विलासिताका सामानहरूको प्रयोगमा भइरहेको फजुल खर्चलाई नियन्त्रण गर्न पनि यसले ठुलै मद्दत पुग्ने देखिन्छ

Nepal Trade Information Portal www.nepaltradeporta.gov.np  df k|fKt तथ्याङ्क अनुसार अघिल्ला आर्थिक वर्षहरूमा उक्त प्लास्टिकजन्य फूलहरूको आयातमा मात्रै करोडौँ रुपैयाँ खर्च भएको देखिन्छ आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब साढे नौ करोड रुपैयाँभन्दा बढिको प्लास्टिक जन्य फूलहरूको आयात भएको देखिन्छ आर्थिक वर्ष २०७६/७७ कुल आयात करोड लाख ५३, आव २०७७/७८ मा करोड २६ लाख ३३ आव २०७८/७९ मा करोड ६३ लाख बराबरको प्लास्टिक जन्य फूलहरूको आयात भएको तथ्याङ्कमा उल्लेख

सजावटका फूलहरूको उत्पादन आयातमा प्रतिबन्ध लागेपछि यसले थुप्रै रोजगारका अवसरहरू सृजना गरेको नेपाल मै भएका पुष्प व्यवसायीहरूको व्यापार व्यवसायमा वृद्धि हुनुका साथै हाम्रा कोठादेखि चोटासम्म आगामी दिनहरूमा कृत्रिम प्लास्टिकका फूलहरूको बदला प्राकृतिक फुल बिरुवाले स्थान पाउनेछन्

हाल नेपालमा मकैको खोस्टाबाट विभिन्न डिजाइनमा सजावटका फूलहरू तयार गर्न थालिएको मकैको राम्रोसित सुकेको खोस्टाबाट बनेका फूलहरू चार पाँच वर्षसम्म पनि टिक्ने कलर नजाने आकर्षक किसिमको बन्दछ नेपालमै मकैका खोस्टा (देशका विभिन्न ठाउँमा भुत्ला पनि भन्ने गरिन्छ सजावटका फूलहरू बन्न थालेपछि खेरा जाने प्राकृतिक रेसाजन्य वस्तुहरूको समेत सदुपयोग भएको

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले यस्ता किसिमका प्राकृतिक रेसाजन्य वस्तुहरूबाट फूल सजावटका सामाग्रीहरू बनाउन स्थानीय स्तरमा विभिन्न समूहहरू बनाई विभिन्न जिल्लाका बेरोजगार जनसमुदायहरूलाई प्रशिक्षण तालिम समेत दिने गरेको उक्त केन्द्रका प्रमुख शरद विक्रम राणाका अनुसार देश भित्रै निर्यात योग्य तथा स्थानीय कच्चा पदार्थमा आधारित रेसाजन्य वस्तुहरू (अल्लो, केरा, हेम्प, पटेर, काँस, खोस्टा) लगायत फेल्टबाट सजावटका सामानहरू उत्पादन हुनुका कारणले गर्दा एकातर्फ निर्यात प्रवर्द्धनमा मद्दत पुग्नुका साथसाथै अर्कोतर्फ यस प्रकारका वस्तुहरूको उत्पादन तथा उपभोगका कारण आयात प्रतिस्थापनमा समेत ठुलो भूमिका खेल्न सकेको बारे उल्लेख गरेका थिए

साथै आगामी दिनहरूमा तालिम प्राप्त जनशक्तिलाई वस्तुको गुणस्तर, डिजाइन, लेवलिङ्ग प्याकेजिङ्गमा समेत दक्ष बनाउँदै लैजाने केन्द्रको योजना रहेकोबारे उहाँले बताउनुभयो। सोही केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालका अनुसार केन्द्रले गत वर्षको स्वीकृत कार्यक्रम अनुरूप विभिन्न सङ्घसंस्थाहरू सँग सहकार्य गर्दै ललितपुरको गोदावरी, कैलाली, गोरखा लगायत देशका विभिन्न जिल्लाहरूमा मकैका खोस्टाबाट तयार गरिने विभिन्न सजावटका सामाग्रीहरूका अलावा जुत्ता, चप्पल, टोपीहरू लगायतका सामानहरू उत्पादन गर्ने समेतका क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिए

आमा हस्तकला उद्योग कि अध्यक्ष तारा थापाका अनुसार उक्त उद्योगले मकैका खोस्टाबाट बन्ने फुलका सजावटका सामानहरू उत्पादन अभिवृद्धि गरी स्वदेश तथा विदेश स्थित बजारहरूमा यसको माग बमोजिम आपूर्ति गर्दै जान सकिन्छ अष्ट्रेलिया, अमेरिका, जापान लगायतका देशहरूमा यस किसिमका सजावटका सामाग्रीहरूको माग बढ्दै गएको समेत उनले बताइन्

उक्त उद्योगले हालसम्म प्रदेश नं , वाग्मती गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू लगायत सामुदायिक विद्यालयहरूमा समेत गरी करिब चार सय जना जति महिलाहरूलाई तालिम दिई सकेको उनले बताइन् उद्योगकी अध्यक्षका अनुसार तालिम प्राप्त जनशक्तिहरूले बनाएका सजावटका सामाग्रीहरू देशका तारे होटेलहरू लगायत विभिन्न संस्थाहरूले समेत प्रयोगमा ल्याउन थालेपछि यस क्षेत्रमा रोजगारीका अवसरहरू पर्याप्त रूपमा सृजना हुँदै गएको समेत उनले जानकारी दिइन्

युवा महिला उद्यमी देविका बुढाथोकी पनि यस क्षेत्रमा परिचित नाम हो उनले आफैले देशका विभिन्न ठाँउहरुमा गएर तालिम दिने तालिम प्राप्त जनशक्ति द्वारा निर्मित सजावटका सामाग्रीहरू खरिद गरिदिने गर्छिन् बुढाथोकीका अनुसार डिजाइनमा आकर्षक फिनिसिङमा निखरता ल्याउन सके हामीले यस्ता प्राकृतिक रेसाजन्य वस्तुवाद निर्मित सजावटका फूल लगायतका वस्तुहरू निर्यात गर्न सकिन्छ चोयाको बास्केट ब्याग बनाएर त्यसमा फूलहरू सजाई माग बमोजिमका विभिन्न डिजाइनहरूमा उपलब्ध गराउन सकिने उनको भनाई

यसरी हामीले हाम्रै प्राकृतिक कच्चा पदार्थमा आधारित वस्तुहरूको प्रयोगद्वारा अन्तर्राष्ट्रिय माग बमोजिम सजावटका सामानहरू बनाई निर्यात समेत गर्न सकेमा यसले विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्दै निर्यात व्यापारमा समेत टेवा पुर्‍याउने देखिन्छ यस किसिमको वस्तुहरू उत्पादन गर्न निर्यात प्रवर्द्धन गर्न सरकारी निज क्षेत्र दुवैको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ

महिला, दलित, पिछडिएका वर्ग आर्थिक अवस्था कमजोर भएकाहरूलाई यस किसिमका हस्तकलामा आधारित सिपमूलक निर्यात जन्य वस्तुहरूको उत्पादन सम्बन्धी तालिम दिनुका साथै अन्तर्राष्ट्रिय बजारको खोजी गर्न सके उद्यमीहरूको उत्पादन मनोबल दुवै बढ्ने थियो

सन्दीप घिमिरे, Jofkf/ tyf lgsf;L k|j4{g s]Gb|