Archive

सिमेन्ट र क्लिंकरको निर्यात बढ्यो
सिमेन्ट र क्लिंकरको निर्यात बढ्यो

सिमेन्ट र क्लिंकरको निर्यात बढ्यो

2080, बैशाख १०, आईतवार

चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।

समीक्षा अवधिमा रु २३ करोड ७२ लाख ७३ हजार बराबरको क्लिंकर र रु १८ करोड ५९ लाख १६ हजार बराबरको सिमेन्ट निर्यात भएको हो ।

सिमेन्ट उत्पादक सङ्घको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।