Archive

Status of Nepal's Foreign Trade Statistics (Shrawan - Baishakh F.Y 2079 80) (Nepali)
Status of Nepal's Foreign Trade Statistics (Shrawan - Baishakh F.Y 2079 80) (Nepali)

आ. व.२०७९÷८० को १० महिना (श्रावण–बैसाख) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७९÷८० को प्रथम १० महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.५ प्रतिशतले ह्रास आई  रु १४६६.२२ अर्वमा  झरेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.९ प्रतिशत र ९१.१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासीमा २४.५ प्रतिशतले  ह्रास आई  रु १३०.९० अर्व तथा कुल पैठारीमा १६.८  प्रतिशतले ह्रास आई रु. १३३५.३२ अर्वमा  झरेको छ । आ.व. २०७८÷७९ को प्रथम १० महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः९.३ रहेकोमा आ.व. २०७९÷८० को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१०.२ रहन आएको छ ।  

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादनहरु, भटमासको तेल, अलैंची, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, उनी फेल्टका उत्पादन, चिया, पश्मिना शल, कुकुर विरालाका आहारा, कपडा, चाऊचाऊ, जडीबुटी, रोजिन एण्ड रेजिन एसिड, जुत्ताचप्पल र नेपाली हातेकागज प्रमुख रुपमा रहेका छन् । 

समीक्षा अवधिमा पामतेलको निर्यातमा ५१.४ प्रतिशतले ह्रास आई रु १८ अर्ब ४४ करोडमा झरेको छ । समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा ८१.३ प्रतिशतले ह्रास आई रु. ८ अर्ब ४६ करोडमा  सीमित भएको छ । समीक्षा अवधिमा पोलिष्टर यार्नको निर्यातमा ३.८ प्रतिशतले ह्रास आई रु. ९ अर्ब ९४ करोडमा झरेको छ । ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा २२.८ प्रतिशतले वृद्धि भई रु. ९ अर्ब ४४ करोड पुगेको छ ।, फलाम तथा तिनका उत्पादनको निर्यातमा २५०.० प्रतिशतले वृद्धि भई रु ८ अर्ब ८८ करोड पुग्न गएको छ । तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा  १४.१ प्रतिशतले वृद्धि भई रु. ५ अर्ब ९७ करोड पुगेको छ ।  जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा ५.४ प्रतिशतले ह्रास आई रु. ६ अर्ब ४५ करोडमा सीमित भएको छ । यसै गरी अर्को प्रमुख निर्यातजन्य वस्तु ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा ३.० प्रतिशतले वृद्धि भई रु ४ अर्ब ८ करोड पुगेको छ ।  समीक्षा अवधिमा जुसको निकासीमा १५.१ प्रतिशतले वृद्धि भई रु. ५ अर्ब ३३ करोड पुगेको छ । 

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा ७२.५ प्रतिशतले वृद्धि भई रु ७ अर्ब २८ करोड पुगेको छ । यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान  हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा  २१.१ प्रतिशतले वृद्धि भई रु ३ अर्ब ३५ करोड पुगेको छ ।  
 

समीक्षा अवधिमा पामको तेल, भटमासको तेल तथा सुर्यमुखीतेल मा  ६० अर्ब ३३ करोड बराबरको निकासी मूल्यमा ह्रास आएको हुँदा कुल निर्यातमा ह्रासको अवस्था देखिएको हो ।  

चालु आर्थिक वर्षको प्रथम १० महीनामा प्रशोधित खाद्य तेल (भटमासको तेल, पामतेल, सुर्यमुखीतेल) को निर्यात नेपालको कुल निर्यातमा २०.८३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा कायमै रहेको छ । यस अवधिमा यी वस्तुहरुको कुल निर्यात रु २७ अर्ब २७ करोड रहेको छ । प्रशोधित खाद्य तेलको निर्यात मध्ये पामतेल, भटमासको तेल तथा सूर्यमुखीतेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशःः १४.१ प्रतिशत, ६.५ र ०.३ प्रतिशत रहेको छ ।  

नेपालको निकासी व्यापारमा प्रमुख स्थान आगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ३३.६ प्रतिशतले ह्रास आई रु ९१ अर्ब १५ करोडमा झरेको छ । भारततर्फको निकासीमा ह्रास आउनुमा भारततर्फ हुने पाम, भटमास तथा सूर्यमुखी तेलमा रु.६० अर्ब ३३ करोड बराबरको ह्रास आउनु नै प्रमुख कारणका रुपमा रहेको छ ।   

नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७९.१३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सो हिस्सा ६९.६३ प्रतिशतमा झरेको छ ।  नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, क्यानडा, फ्रान्स, चीन, अष्ट्रेलिया, जापान, इटाली, नेदरलेण्ड्स, डेनमार्क, र युएई प्रमुुख रुपमा रहेका छन् । 

पैठारीतर्फ आ.व. २०७९÷८० को प्रथम १० महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा १.६ प्रतिशतले वृद्धि भई  रु. २५७.०५ अर्ब पुगेको छ । समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा १४.४ प्रतिशतले ह्रास आई रु. १३६.८६ अर्ब, मशिनरी तथा पार्ट्समा ३२.० प्रतिशतले ह्रास आई रु. ८३.८० अर्बमा झरेको छ । सूनको आयातमा १०.९ प्रतिशतले ह्रास आाई रु ३९.९५ अर्ब पुगेको  छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ९.८ प्रतिशतले ह्रास आई रु. ५१.४७ अर्बमा सीमित रहेको छ । यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५२.२ प्रतिशतले ह्रास आई रु. ४१.२७ अर्बमा झरेको छ ।  कच्चा भटमास तेलको आयातमा ३५.५ प्रतिशतले ह्रास आई रु. ३१.८९ अर्बमा झरेको छ । अन्नको आयातमा २६.९ प्रतिशतले ह्रास आई ४७.३० अर्बमा झरेको छ । समीक्षा अवधिमा औषधीको आयातमा ३८.४ प्रतिशतले ह्रास आई रु. ३७.७४ अर्बमा खुम्चिएको छ ।  दुरसञ्चारका सामाग्रीको आयातमा ३६.८ प्रतिशतले ह्रास आई  रु ३०.४२ अर्बमा  झरेको छ । यसैगरी रासायनिक मलको आयातमा १६३.८  प्रतिशतले वृद्धि भई  रु ३७.७४ अर्ब पुगेको छ  ।  पाम तेलको आयातमा ३३.२ प्रतिशतले ह्रास आई २३.१९ अर्बमा सीमित भएको छ । नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इण्डोनेशिया, युएई, अर्जेन्टिना, मलेशिया, अष्टे«लिया, संयुक्त राज्य अमेरिका, युक्रेन, कतार, बेल्जियम,  थाइलेण्ड, साउदी अरेबिया र ओमान  प्रमुुख रुपमा रहेका छन् । 

चालु आर्थिक वर्ष २०७९÷८० प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा  समग्र पैठारीमा ह्रास आउँदा व्यापारघाटामा सुधार भएको छ । यस अवधिमा व्यापारघाटामा १५.९ प्रतिशतले ह्रास आई कुल व्यापारघाटा रु. १२०४.४२ अर्वमा झरेको छ ।

​​​​​​​