Archive

Status of Nepal's Foreign Trade F.Y 2080/81 (Shrawan to Ashwin 2080)
Nepal Foreign Trade Statistics-2080_81 (Ashwin)

आ. व.२०८०÷८१ को प्रथम तीन महिना (श्रावण—आश्विन) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति 


व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०८०÷८१ को प्रथम तीन महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि भई  रु.४४८.६३ अर्वमा  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.१ प्रतिशत र ९०.९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २.३ प्रतिशतले  ह्रास आई  रु ४०.८७ अर्व तथा कुल पैठारीमा १.७  प्रतिशतले वृद्धि भई रु. ४०७.७६ अर्व पुगेको छ । आ.व. २०७९÷८० को प्रथम तीन महिनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः९.६ रहेकोमा आ.व. २०८०÷८१ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१० रहन आएको छ ।  
   
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा फलाम तथा फलामका उत्पादनहरु,  यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामानहरु, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना शल,  कुकुर विरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाऊचाऊ,  सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन  प्रमुख रुपमा रहेका छन् । 
समीक्षा अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यातमा १०२.७ प्रतिशतले वृद्धि भई रु ४ अर्ब ६१  करोड पुग्न गएको छ । समीक्षा अवधिमा यार्नको निर्यातमा ४.७ प्रतिशतले वृद्धि भई  रु. ३ अर्ब २२ करोड पुगेको छ । ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा  ४.५ प्रतिशतले ह्रास आई रु. २ अर्ब ९३ करोडमा झरेको छ । तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा  १३.१ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ७० करोड पुगेको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा १३.२ प्रतिशतले ह्रास आई रु. १ अर्ब ८४ करोडमा सीमित भएको छ । 
। यसै गरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा ५.८ प्रतिशतले ह्रास आई रु १ अर्ब ६२ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा  जुसको निकासीमा ४३.८ प्रतिशतले वृद्धि भई रु. २ अर्ब २९ करोड पुगेको छ । पामतेलको निर्यातमा ८३.५ प्रतिशतले ह्रास आई रु १ अर्ब ३२ करोडमा सीमित भएको  छ । 

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा ५६.८ प्रतिशतले वृद्धि भई रु १ अर्ब ८९ करोड पुगेको छ । यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान  हासिल गरिरहेको अर्को उत्पादन चियाको  निर्यातमा पनि समीक्षा अवधिमा  १.९ प्रतिशतले ह्रास आई भई रु १ अर्ब २९ करोडमा सीमित भएको छ ।  यसै गरी समीक्षा अवधिमा अदुवाको निर्यातमा १५९.५ प्रतिशतले वृद्धि भई रु ४० करोड पुगेको छ । 
नेपालको निकासी व्यापारमा प्रमुख स्थान आगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ९.४ प्रतिशतले ह्रास आई रु २६ अर्ब २५ करोडमा झरेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६९.२८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षका सो हिस्सा ६४.२१ प्रतिशत झरेको छ ।  नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, युएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, डेनमार्क  क्यानडा, टर्की र नेदरलेण्ड्स प्रमुुख रुपमा रहेका छन् । 
पैठारीतर्फ समग्रमा आ.व. २०८०÷८१ को प्रथम तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ५.७ प्रतिशतले वृद्धि भई  रु. ६६.१२ अर्बमा झरेकोे छ । समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा १.२ प्रतिशतले ह्रास आई रु. ४०.३८ अर्ब पुगेको छ ।  मशिनरी तथा पार्ट्समा ०.२ प्रतिशतले वृद्धि भई रु. २५.२६ अर्ब  पुगेगेको छ । कच्चा भटमास तेलको आयातमा ६८.४ प्रतिशतले ह्रास आई रु. ४.४३ अर्बमा झरेको छ । समीक्षा अवधिमा औषधीको आयातमा २४.१ प्रतिशतले ह्रास आई १०.४२ अर्बमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा २१.४ प्रतिशतले वृद्धि भई रु. १८.१५ अर्ब पुगेको  छ ।  यातायातका साधन र तिनका पार्टपुर्जामा २५.१ प्रतिशतले वृद्धि भई रु. १९.०९ अर्ब पुगेको छ । कच्चा पाम तेलको आयातमा ६४.८ प्रतिशतले ह्रास आई रु. ३ अर्ब ५१ करोडमा सीमित भएको छ । अन्नको आयातमा २५.३ प्रतिशतले वृद्धि भई रु ११.६० अर्ब पुगेको छ । समीक्षा अवधिमा तयारी पोशाकको आयातमा ६८.८ प्रतिशतले वृद्धि भई रु. १२.८३ अर्ब पुगेको ।  दुरसञ्चारका सामाग्रीको आयातमा ०.७ प्रतिशतले ह्रास आई रु ११.६० अर्बमा झरेको छ ।  सूनको आयातमा ३१.२ प्रतिशतले ह्रास आई रु ७.९६ अर्बमा झरेको छ । 
नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, युएई,  युक्रेन, मलेशिया, अष्टे«लिया, इण्डोनेशिया, संयुक्त राज्य अमेरिका, जापान, जर्मनी, अर्जेण्टिना,  थाइलेण्ड,  फ्रान्स र संयुक्त अधिराज्य प्रमुुख रुपमा रहेका छन् । 

चालु आर्थिक वर्ष २०८०÷८१ प्रथम तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा  व्यापारघाटामा २.१ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा रु. ३६६.८८ अर्व पुगेको छ ।