सेक्शन २६. अनधिकार प्रतिलिपिहरुको पैठारीमा प्रतिबन्धः नेपाल अधिराज्यभित्र तयार गरिएको भए अनधिकार प्रकाशन ठहरिने कुनै रचना वा ध्वनि अङ्कनको प्रतिलिपिहरु विदेशमा तयार गरी वा अन्य कुनै तरिकाले प्राप्त गरी व्यपारिक प्रयोजनको लागि नेपाल अधिराज्यभित्र पैठारी गर्न हुँदैन ।