Legal Documents

View Measure

Name रचनाको आर्थिक प्रतिलिपि अधिकारको धनी
Description सेक्शन ६. रचनाको आर्थिक प्रतिलिपि अधिकारको धनीः (१) रचनाको आर्थिक अधिकारको पहिलो धनी रचयिता हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा रचनाको आर्थिक अधिकार देहायको व्यक्ति वा संस्थालाई हुनेछः– (क) संयुक्त रचनाका हकमा सहरचयिता, तर त्यस्तो संयुक्त रचना खण्ड खण्डमा विभाजित रहेछ र अलग अलग खण्ड अलग अलग रचयिताको हिसाबले पहिचान हुने किसिमको रहेछ र अलग अलग किसिमले प्रयोग गर्न सकिने रहेछ भने आफुले रचना गरेको प्रत्येक खण्डको लागि सम्बन्धित रचयितालाई आर्थिक अधिकार हुनेछ । (ख) कुनै व्यक्ति वा संस्थाको सक्रियता वा निर्देशनमा संयुक्त रचना तयार गरिएको भए जसको सक्रियता वा निर्देशनमा त्यस्तो रचना तयार भएको हो सो तयार गराउने व्यक्ति वा संस्था, (ग) कसैले पारिश्रमिक दिई कुनै रचना तयार गर्न लगाएको भए त्यस्तो पारिश्रमिक दिने व्यक्ति वा संस्था, (घ) बेनामी रचनाको हकमा सो रचनाको रचयिता यो हो भन्ने प्रमाणित नहुन्जेल सो रचनाको प्रकाशक, तर त्यस्तो रचनाको वास्तविक रचयिताले पछि आफ्नो परिचय प्रस्तुत गरेको खण्डमा आफ्नो परिचय प्रस्तुत गरेको मितिदेखि सो रचनाको आर्थिक अधिकार सोही रचयितालाई हुनेछ,। (ङ) करारमा अन्यथा उल्लेख गरिएकोमा बाहेक श्रव्य दृश्य रचनाको हकमा त्यस्तो रचनाको उत्पादक, तर श्रव्य दृश्य रचनाका सहरचयिताको रचना वा पहिला नै तयार गरिएको रचनालाई श्रव्य दृश्य रचना निर्माण गर्ने कार्यमा समावेश गरिएमा वा मिलाइएमा निजहरुको आर्थिक अधिकार निजहरुको योगदान बमोजिम हुनेछ ।
Comments टिप्पणी
Validity From 2002-08-15
Validity To 9999-12-31
Reference
Technical Code
Agency उद्योग मन्त्रालय
Created Date 2017-02-14 12:57:38.0
Update Date 2017-02-15 11:46:00.0
Status Active
Measure Type अधिकार
Legal/Regulation प्रतिलिपि अधिकार ऐन, २०५९
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description