Legal Documents

View Measure

Name प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकार
Description सेक्शन ८. प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकार (१) कुनै रचनामा रचयिताको आर्थिक अधिकार निहित रहे वा नरहेको जेसुकै भए तापनि त्यस्तो रचयितालाई देहाय बमोजिमको नैतिक अधिकार प्राप्त हुनेछ ः– (क) आफ्नो रचनाका प्रतिहरुमा वा आफ्नो रचना सार्वजनिक रुपमा प्रयोग गरिएमा त्यस्तो रचनामा आफ्नो नाम उल्लेख गर्न लगाउने, (ख) आफ्नो रचनामा वास्तविक नाम उल्लेख नगरी छद्म नाम उल्लेख गरिएको भएमा त्यस्तो रचनाको सार्वजनिक रुपमा प्रयोग गर्दा त्यस्तो छद्म नाम उल्लेख गर्न लगाउने, (ग) आफ्नो रचनालाई बङ्ग्याई वा विकृत रुपमा प्रस्तुत गरी निजले आर्जन गरेको सम्मान वा ख्यातिलाई गिराउने जस्ता कार्य रोक्ने, (घ) आफ्नो रचनामा आवश्यक संशोधन वा परिमार्जन गर्ने । (२) उपदफा (१) मा उल्लिखित अधिकार रचयिताको जीवनभर हस्तान्तरण हुने छैन । तर रचयिताले आफ्नो मृत्यु पश्चात् लागू हुने गरी त्यस्तो अधिकार हस्तान्तरण गर्न कसैलाई इच्छाएको भए त्यसरी इच्छाएको व्यक्ति वा संस्थालाई र त्यसरी इच्छाएको नभए नजिकको हकवालामा सर्नेछ ।
Comments टिप्पणी
Validity From 2002-08-15
Validity To 9999-12-31
Reference
Technical Code
Agency उद्योग मन्त्रालय
Created Date 2017-02-14 13:47:04.0
Update Date 2017-02-15 11:47:19.0
Status Active
Measure Type अधिकार
Legal/Regulation प्रतिलिपि अधिकार ऐन, २०५९
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description