२१. कम्प्युटर प्रोग्रामको पुनरुत्पादन गर्न पाइने: दफा ७ को खण्ड (क) र (ग) मा जुनसुकै लेखिएको भए तापनि जुन उद्देश्यका लागि कम्प्युटर प्रोग्राम प्राप्त गरिएको हो सो उद्देश्य प्राप्त गर्न नसकेको अवस्थामा वा अभिलेख राख्ने उद्देश्यले वा वैध रुपले प्राप्त गरिएको कम्प्युटर प्रोग्राम हराए वा नष्ट भए वा प्रयोग गर्न नसकिने भएमा रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति बिना नै एक प्रति कम्प्युटर प्रोग्राम पुनरुत्पादन गर्न पाइनेछ ।