Legal Documents

View Procedure

Procedure Name प्रवेश नाकामा बिरुवाको आयातको लागि चाहिने प्रवेश अनुमति को लागि आवेदन
Description

बिरुवा संरक्षण नियमावली, २०६६

नियम ७ : प्रवेश नाकामा प्रवेश अनुमति लिनेः(१) कुनै व्यक्ति वा संस्थाले ऐनको दफा ७ बमोजिम बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्ने गरी प्रवेश नाकामा ल्याई त्यस्ता वस्तुको क्वारेन्टाइन सम्बन्धी आवश्यक कार्य गरी पाउन र नेपालभित्र प्रवेश गराउन चाहेमा त्यसरी ल्याईएको वस्तु नेपालमा प्रवेश अनुमतिकालागि अनुसूची – ८ बमोजिमको ढाँचामा प्रज्ञापनपत्र भरी कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम पेश गरिएको प्रज्ञापनपत्रको साथ देहायका कागजात संलग्न गर्नु पर्नेछ:

(क) नियम ५ बमोजिम लिएको पैठारी प्रवेश अनुमतिपत्र,

(ख) नियम ५ को उपनियम (२) बमोजिमका कागजातहरु,

(ग) पैठारी गर्न लागिएको उपनियम (१) बमोजिमको वस्तुको निकासी  गरिने मुलुकबाट जारी भएको बिरुवा स्वस्थता प्रमाणपत्र ।

(३) उपनियम (१) बमोजिम पेश हुन आएको प्रज्ञापनपत्र तथा सोसाथ संलग्न  कागजातको आवश्यक जाँचबुझ गर्दा प्रवेश अनुमतिपत्र दिन मनासिब देखिएमा कार्यालयले पैठारी गरिने वस्तुको आवश्यक नमूना लिई स्वस्थता परीक्षण गर्नको लागि प्रयोगशालामा पठाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम प्राप्त नमूनाको प्रयोगशालामा परीक्षण गर्दा पैठारी गरिएको वस्तु स्वस्थ भएको पाइएमा कार्यालयले त्यस्तो वस्तु नेपालभित्र प्रवेश गराउन अनुसूची–९ बमोजिमको ढाचामा छोड़ पूर्जी दिनेछ ।

(५) उपनियम (३) बमोजिम लिएको नमूना प्रयोगशालामा परीक्षण गर्दा त्यस्तो नमूनामा क्वारेण्टाइन शत्रुजीव रहेको पाईएमा पैठारी गरिएको वस्तु नियम १५ बमोजिम नष्ट गर्नु पर्नेछ र सो बाहेकको अन्य अस्वस्थता पाईएमा पैठारी गरिएको वस्तु नियम १३ बमोजिम उपचार गर्न पठाइने वा पैठारीकर्ताको अनुरोधमा सोझै नियम १५ बमोजिम  नष्ट गरिनेछ ।

(६) नियम १३ बमोजिम उपचार गराए पश्चात् पैठारी गरिएको वस्तु स्वस्थ  भएको पाईएमा कार्यालयले त्यस्ता वस्तु नेपालभित्र प्रवेश गराउन उपनियम (४) बमोजिम छोड़ पूर्जी दिनेछ ।

(७) नियम १३ बमाजिम उपचार गराउँदा पनि पैठारी गरिएका वस्तु स्वस्थ भएको नपाईएमा कार्यालयले त्यस्ता वस्तुलाई नियम १५ बमोजिम नष्ट गर्ने वा त्यस्तो वस्तु सम्बन्धित देशमा फिर्ता गर्नु गराउनु पर्नेछ ।

आवश्यकताहरू / समर्थन दस्तावेज

१. कम्पनी दर्ता प्रमाणपत्र

२. पैन / भ्याट

३. कर अवकास प्रमाणपत्र सम्नदीत विभाग को पत्र

४. सम्बन्धित विभागको पत्र

५. नियाम (५) बमोजिम आयात प्रवेश अनुमति

६. उप-नियम (२) नियम (५) को बमोजिम मा उल्लेख रूपमा कागजात,

(क) पैठारीकर्ताको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि,

(ख) संस्थाको नामबाट पैठारी गर्न चाहनेले त्यस्तो संस्था दर्ता र नवीकरण गरेको प्रमाणको पतिलिपि,

(ग) पैठारी गरिने बस्तुको अग्रिम बील बीजक (परफर्मा इन्भ्वाइस) को प्रतिलिपि,

(घ) बीउ विजन पैठारी गरिने भए बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको सिफारिस,

(ङ) अनुसन्धानको लागि पैठारी गरिने भए अनसन्धान गर्ने व्यक्ति वा संस्थाको अनुरोधपत्र र नेपाल कृषि अनुसन्धान परिषद्बाट गरेको सिफारिस ।

७. फाइटो-सेनेटरी प्रमाणपत्र उप-नियम (1) मा उल्लेख रूपमा, माल निर्यात गर्ने देश जारी, इरादा गर्दै छन् जो आयात गर्न।

Category Procedure


Title Description Create Date Update Date Issued By File
बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन दाँचा 2016-03-31 2020-09-09 minsitry of government



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
प्रवेश नाकामा बिरुवा आयातको लागि चाहिने प्रवेश अनुमति अनुमति आवश्यकता कृषि विकास मन्त्रालय (नियम ७)बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र ओसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट रोक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था टिप्पणी बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) 9999-01-31 Goods