Legal Documents

लगानी प्रवद्र्धन केन्द्रित नीति बनाउन सुझाव
लगानी प्रवद्र्धन केन्द्रित नीति बनाउन सुझाव

नेपाल उद्योग परिसंघले वि.सं २०७९-२०८९ को दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा कार्यान्वयन गर्न नेपाल सरकारसँग प्रस्ताव गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९-०८० को वार्षिक बजेट एवं आर्थिक नीतिमा सुझाव प्रस्तुत गर्दै परिसंघले उच्च आथिक वृद्धि, लगानी विस्तार र रोजगारी सिजर्नामा ठूलो परिवर्तन गर्न सक्ने गरी नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिएको हो ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली अर्थतन्त्रमा रहेका केही समस्या मुख्यरूपमा सम्बोधन गर्न सरकारसँग आग्रह गरे । उनले औद्योगीकरण, निर्यात प्रवद्र्धन एवं आयात प्रतिस्थापन, गुणस्तरीय भौतिक पूर्वाधार तथा परियोजना व्यवस्थापन, भुक्तानी सन्तुलन व्यवस्थापन र लगानी वृद्धि अहिलेका मुख्य समस्या रहेको उल्लेख गर्दै रोजगारीको अवसर सिर्जना, नीतिको कार्यान्वयन तथा सुशासन र लगानीयोग्य तरलताको व्यवस्थापनलाई पनि अर्थतन्त्रको समस्याको रूपमा प्रस्तुत गरेका थिए ।
यसैगरी राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र आन्तरिक परिसंघले राजस्व विभागको कार्यक्षेत्रमा स्पष्टता आवश्यक रहेको भन्दै अध्यक्ष अग्रवालले राजस्व अनुसन्धान विभागले ५० लाख रूपैयाँसम्मको चुहावटको विषय सम्बन्धित निकायलाई लेखी पठाउने हालको प्रावधानलाई १० करोड पु¥याउन पनि आग्रह गरे ।
परिसंघले १० वर्षको नीतिगत स्थिरता, आत्मनिर्भर हुन सक्ने वस्तुको संरक्षण र प्रोत्साहन, आयात हुने सम्पूर्ण वस्तुले अनिवार्य गुणस्तरीय मापदण्ड पूरा गर्ने व्यवस्था मिलाउन पनि परिसंघले सुझाव दिएको छ । यसैगरी औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुबीच कम्तिमा दुई तहको भन्सार अन्तर कायम गर्न पनि परिसंघको माग छ ।
उद्योगहरूले बजार मूल्यमा खरिद गरेको हदबन्दीभन्दा बढी भएको जग्गा धितो प्रयोजनका लागि उपयोग गर्न पाउनुका साथै समस्यामा परेको बखत बेचबिखन गर्न पाउने व्यवस्था कायम गरी उद्योगलाई जग्गामा हदबन्दी नलाग्ने स्पष्ट व्यवस्था गरिनुपर्ने परिसंघको भनाइ छ ।
सञ्चालन हुन नसक्ने उद्योगलाई बहिर्गमनको प्रक्रिया सरलीकरण गरिनुपर्ने र साथै रुग्ण उद्योगमा नयाँ लगानी गर्न इच्छुकलाई आकर्षित गर्न आयकर ऐनको दफा ५७ मा परिवर्तन गरिनुपर्ने परिसंघको सुझाव छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जामध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम गर्ने नीति लिइनु पर्ने र प्राथमिकता प्राप्त कर्जामा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम जोड्न पाउने व्यवस्थालाई उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने सम्पूर्ण कर्जामा लागू गरिनु पर्ने परिसंघको सुझाव छ ।
नेपाली उत्पादनलाई विदेशी बजारमा प्रतिस्पर्धी बनाउँदै नेपालको निर्यात क्षमता वृद्धि गर्न नेपालमा विदेशी मुद्रा भित्रिने गरी नेपालबाट भएको सम्पूर्ण निर्यातमा वस्तुमा भएको मूल्य अभिवृद्धिका आधारमा नगद अनुदान उपलब्ध गराइनुपर्ने, सामाजिक उत्तरदायित्वमा गरेको खर्च आयकर प्रयोजनार्थ खर्च कट्टी गर्न पाउने व्यवस्था हुनुपर्ने र व्यक्तिगत आयकरमा लाग्ने आयको सीमा एकल र दम्पत्तिका लागि क्रमशः ८ तथा १० लाख कायम गरी त्यसपछिको पहिलो स्ल्याब तीन लाख कायम गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
नेपाली उत्पादन प्रतिस्पर्धी बनाउँदै कम लागतमा स्वदेशी उत्पादन बढाउन निर्यात सरहको दरमा उद्योगलाई गुणस्तरीय विद्युत उपलब्ध गराउने र साथै निर्यात हुने वस्तु उत्पादनमा खपत भएको विद्युतको लागतमा कम्तिमा ३ रूपैयाँ प्रतियुनिट फिर्ता दिने व्यवस्था मिलाउने सुझाव पनि समेटिएको छ । निजी क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गरी सञ्चालन गर्न नियम बनाई अनुमति दिनुपर्ने र यस्ता परियोजनालाई जग्गामा हदबन्दी नलाग्ने स्पष्ट व्यवस्था गरिनुपर्ने परिसंघको सुझाव छ ।
प्रत्यक्ष विदेशी लगानी सहजीकरणका लागि स्वचालित प्रणालीको कार्यान्वन गर्न, करार उत्पादन सम्बन्धी व्यवस्थामा सहजीकरणका गर्न, गैरआवासीय नेपालीको लगानीमा सहजीकरण, वस्तु तथा सेवा क्षेत्रको निर्यात प्रवद्र्धन, गैरआवासीय नेपाली र रेमिट्यान्स पठाउने नेपालीलाई प्राथमिक सेयरमा आरक्षण, पोर्टफोलियोमा लगानी खुला र गैर नेपालीलाई अपार्टमेन्ट खरिद गर्न दिनुपर्ने परिसंघले सुझाएको छ ।
परिसंघले तरलता समस्या समाधानका लागि गोल्ड बण्ड र बियरर बण्ड जारी गरेर अघि बढ्न पनि सुझाव दिँदै हेजिङ नियमावलीको कार्यान्वयन गर्न पनि आग्रह गरेको छ । सूचना प्रविधि र नवप्रर्तनको क्षेत्रमा वैदेशिक लगानीको हालको सीमा घटाइनुपर्ने र सूचना प्रविधिलगायतका सेवा क्षेत्रको निर्यात गरी प्राप्त गरेको आयमा १ प्रतिशत मात्रै कर लगाई त्यसैलाई अन्तिम मान्न परिसंघको सुझाव छ ।
वैदेशिक रोजगारीमा गएका युवालाई कृषिमा आकर्षित गर्न १० वर्षसम्म आयकर छुट दिइनुपर्ने र सीप विकासका लागि कार्यस्थलमा आधारित सीप कार्यक्रमको कार्यान्वयन गरिनुपर्ने परिसंघको जोड छ ।
सम्पूर्ण तयारी भएका पूर्वाधार आयोजनाको मात्रै ठेक्का लगाउन, निजी क्षेत्रले सडक, प्रसारण लाइन जस्ता पूर्वाधार निर्माण गरी उद्योग सञ्चालन गरेमा त्यस्ता पूर्वाधारमा गरेको खर्चको शोधभर्ना दिन, निर्माण क्षेत्रमा स्वदेशी निर्माण सामग्रीको अनिवार्य उपभोगको व्यवस्था गर्न, सञ्चालनमा रहेका सार्वजनिक सम्पत्तिको सञ्चालन निजीलाई दिएर त्यसबाट प्राप्त हुने आयलाई ठूला पूर्वाधारमा लगानी गर्न परिसंघको सुझाव छ । सार्वजनिक निजी साझेदारीको मोडलमा वर्षको एउटा ठूला आयोजना कार्यान्वन सुरु गर्न परिसंघले सुझाव दिएको छ ।
लघु, घरेलु तथा साना उद्योगलाई ५ करोडसम्मको परियोजना धितो कर्जाको व्यवस्था गर्न सुझाव दिइएको छ । स्टार्टअपमा लगानी प्रवद्र्धन गर्न र रुग्ण उद्योगमा लगानी बढाउन आयकर ऐनको दफा ५७ मा संशोधन गर्न पनि सुझाव दिइएको छ । महिला उद्यमीलाई दिइने विना धितो कर्जाको न्यूनतम सीमा २५ लाख पु¥याइनुपर्ने सुझाव पनि परिसंघको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र दुवैको सोच आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै परिसंघबाट प्राप्त सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने उल्लेख गरे । “हाम्रो सोचमा एकरूपता छ,’ उनले भने, ‘हामीले संकट र विगतका अनुभवबाट पाठ सिक्दै नेपाललाई आत्मनिर्भर अर्थतन्त्र बनाउनेतर्फको सोच राखेर काम गर्छौंँ ।”
अर्थमन्त्री शर्माले सरकारको लक्ष्य दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने रहेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रको लगानी वृद्धिमा जोड दिइने बताए ।
यसैगरी अर्थसचिव मधुकुमार मरासिनीले यसपटकको बजेटमार्फत् अर्थतन्त्रमा फड्को मार्ने गरी नीतिगत व्यवस्थाको सोच राखिएको दावी गरे । उनले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने गरी नीतिगत व्यवस्था गरिने पनि उल्लेख गरे ।
राजस्व सचिव कृष्णहरि पुष्कर कर्णले सरकारले निजी क्षेत्रको सहभागितामा काम गर्न खोजेको उल्लेख गर्दै आन्तरिक उत्पादन वृद्धि गर्नेतर्फ निजी क्षेत्रलाई सुविधा र सहुलियत उपलब्ध गराइने बताए ।

Source: https://www.karobardaily.com/news/184242 


भर्खरको समाचार

Title Category Create Time Eng Nep
Nepal to have benefit in GSP facilities even after Nepal's LDC graduation समाचार 2023-09-27 00:00:00.0
UK has come out with The Developing Countries Trading Scheme (DCTS) समाचार 2023-09-07 00:00:00.0
Hong Kong Trade Development Council (HKTDC) visited Trade and Export Promotion Centre समाचार 2023-08-29 00:00:00.0
Deputy Head of Mission, Australian Embassy in Kathmandu visited Trade and Export Promotion Centre समाचार 2023-08-28 00:00:00.0
Nepal-USA Trade and Investment Framework Agreement (TIFA) Meeting समाचार 2023-05-23 00:00:00.0

सबै खोज्नुहोस् समाचार

Title Category Eng Nep
वार्षिक निर्यात ५० करोडभन्दा बढी भए थप सुविधा कार्तिक 3, वुधवार समाचार
Nepalese Chyangra farmers trained to add value to pashmina fibres समाचार
India hands over Jaynagar-Kurtha cross-border rail section समाचार
Millions of rupees of tax evasion in carpet industry revenue समाचार
Nepali EPG urges new peace, friendship treaty with India समाचार
MoC launches updated NTIS 2016 समाचार
सिमेन्ट र क्लिंकरको निर्यात बढ्यो समाचार
Honorable Minister for Industry, Commerce & Supplies Ramesh Rijal's visited TEPC समाचार
केही वस्तुको आयातमा प्रतिबन्धको निरन्तरता समाचार
ITC partners with national private and public stakeholders and the World Bank to establish a Nepali value chain for the Pashmina sector. समाचार
Revolving fund of Rs 10 million set up for agriculture and education समाचार
Nepal-India ICG meeting will be focused on trade facilitation समाचार
Minister Yadav directed the ministry to make Birjgunj ICP ready for inauguration in 3 days. समाचार
Govt fixes support price for coffee समाचार
Registration into GACC for Exporting to China समाचार
Nepal participated in the first International Planning Meeting ahead of Expo 2025 Osaka Kansai. समाचार
Training of Trainers (TOT) on Nepali products designs as per Demand in the International Market समाचार
Policymakers voice for enhancing bilateral economic cooperation समाचार
Production of seven provinces in a single sales center समाचार
Cardamom insurance, compensation if plant dies समाचार
Nepal-USA Trade and Investment Framework Agreement (TIFA) Meeting समाचार
Narrowing gap on Trade Deficit due to Import Restriction (in Nepali) समाचार
Export opportunities emerge as Nepal prepares move beyond LDC status समाचार
Kiwi fruit saplings being exported to Bhutan समाचार
Discussion on Trade facilitation समाचार
From now 'output- based' on grants only समाचार
Deputy Head of Mission, Australian Embassy in Kathmandu visited Trade and Export Promotion Centre समाचार
व्यापार घाटा झन्डै १६ प्रतिशतले घट्यो। समाचार
Root cause analysis addresses non-tariff measures in Central Europe समाचार
भन्सार एजेन्टको परिक्षामा उत्तिर्ण भएकाहरुलाई ईजाजतपत्र समाचार
कफी खाने बढे, सरकारले ध्यान दिए अर्थतन्त्रको खम्बा बन्नसक्छ समाचार
ECTS system in Nepali cargo coming to Kolkata port. समाचार
DoC introduces ExIm code for traders समाचार
मुस्ताङबाट ५० करोडको स्याउ निकासी समाचार
राष्ट्रवादी नाराले हुँदैन, उपभोक्ता र व्यापार सन्तुलनका लागि सस्तो वस्तु आयात गरेर महँगो वस्तु निर्यात गर्ने हो : सरद बिक्रम राणा [अन्तर्वार्ता] समाचार
जनप्रशासन संघ एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र बिच अन्तरकृया कार्यक्रम सम्पन्न समाचार
EU-Nepal Trade and Investment Project समाचार
Commerce and Trade Agreement will be reviewed समाचार
Insurance designed to make cardamom farming commercial समाचार
जर्मनीका व्यापार मेलाहरुबारे छलफल सम्पन्न समाचार
Nepal: Coffee Export Guides, Market Access Map and Quality for Trade Platform launched समाचार
Nepal participated in Biofach Trade Fair 2022 in Nuremberg, Germany. समाचार
सुनको मूल्य तोलाको एक लाख नजिक समाचार
राष्ट्रपति ओबामाद्वारा नेपाल ट्रेड प्रिफिरेन्सेस तबलमा हस्ताक्षर समाचार
Prime Minister's China Visit: Agreement on three ports समाचार
The process of building dry port in Chobar has started. समाचार
मंसिर २३ देखि हस्तकला व्यापार मेला समाचार
Upto 8% Cash Incentives in some of the Potential Export products समाचार
President Obama Signs Proclamation to Implement Nepal Preference Program समाचार
Int'l Women's Trade Expo concludes on a high note समाचार
Railway agreement between Nepal and India समाचार
TIFA meeting after 6 years: US interest to increase export of Nepali products. समाचार
Nepal's Export Trade via Rasuwa Border Resumes (Nepali Version) समाचार
China announces zero-tariff treatment for 98% of tariff lines for 16 LDCs समाचार
ADB forecasts modest economic growth समाचार
Govt targets 4% GDP contribution from NTIS products समाचार
Nepali Cargo Rail Access to Calcutta समाचार
U.S.-Nepal Joint Statement on 3rd Trade and Investment Framework Council Meeting समाचार
EU-TIP Support to Capacity Building of MSMEs in Trade and Export (Nepali version) समाचार
स्वदेशी उत्पादनलाई ‘कलेक्टिभ ट्रेडमार्ग’ आवश्यक छ : राणा समाचार
लगानी प्रवद्र्धन केन्द्रित नीति बनाउन सुझाव समाचार
Nepali VP sees huge market in China for Nepali products समाचार
Minimize Trade Deficit समाचार
'EXIM Code mandatory from Augusut: Deposit amounted reduced to 3 lakhs समाचार
Nepal-China trade: free trade feasibility study on the cards समाचार
Bangladesh permits Nepal's yarn export via Banglabandha Dry Port (Nepali Version) समाचार
China agrees to open market for Nepalese tea समाचार
वित्तीय क्षेत्र सुदृढीकरण गर्न विश्व बैंकको १८ अर्ब ऋण सहयोग समाचार
Economic growth rate of Province-2 is 3.5 percent समाचार
Minimize trade deficit समाचार
Nepal-China trade set to surge with Tatopani Customs re-opening समाचार
Kerung is now an international border point समाचार
Export of Rs. 80 Billion in 6 months of fiscal year 2079/80 (Nepali) समाचार
प्लास्टिकका फूलहरूको उत्पादन र आयातमा रोक, अबको विकल्प के? समाचार
राष्ट्रिय सम्पत्तिको मूल्यांकनमा जोड समाचार
Cereal crop production up, vegetable production down in Karnali समाचार
Consultation meeting on Trade Policy Review held समाचार
Department of Customs and the Trade and Export Promotion Centre sign Memorandum of Understanding समाचार
नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल समाचार
निकासी प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न समाचार
इन्डोनेसियाको निर्यात प्रतिबन्धले नेपालमा असर समाचार
Government and World Bank complete annual review of portfolio performance समाचार
Cargo tracking system will be implemented soon : Ministry of Industry, Commerce, and Supplies समाचार
It is important to increase the role of TEPC समाचार
Hong Kong Trade Development Council (HKTDC) visited Trade and Export Promotion Centre समाचार
Nepal's trade is now surplus in US market समाचार
India to grant Nepal access to two key ports in Gujarat & Odisha under trade, transit treaties समाचार
चियाले विदेशी मुद्रा भित्र्याएको दाबी समाचार
Around 50,000 he-goats, sheep to be brought in Valley for Dashain समाचार
Foreign Trade Statistics of Nepal [First two months (Shrawan-Bhadra) of Fiscal Year 2074-75] समाचार
UK has come out with The Developing Countries Trading Scheme (DCTS) समाचार
१७ करोड बराबरको नेपाली सिमेन्ट भारतमा निर्यात समाचार
UK's New trading scheme cuts tariffs on hundreds of everyday products समाचार
काठमाडौंलाई व्यापारको हब बनाइने समाचार
मुस्ताङको स्याउ बजारमा समाचार
Services-led growth key to Nepal’s green, resilient, and inclusive development समाचार
The problem of trade and transit between Nepal and India will be resolved. समाचार
Nepal to discuss trade barriers at IGC meet समाचार
Nepal to have benefit in GSP facilities even after Nepal's LDC graduation समाचार
ऊनी फेल्टका झोला निर्यात समाचार
भन्सार दर तथा अन्तशूल्कको दर हेरफेर समाचार
Rebranding the West समाचार