Legal Documents

Minister Yadav directed the ministry to make Birjgunj ICP ready for inauguration in 3 days.
The Government of Nepal is preparing to operate the Nepal-India Integrated Checkpoint (ICP) in Birgunj soon .

 सरकारले वीरगञ्जमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) चाँडै सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकारले भारतको सहयोगमा हालै निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत भइसकेको यो संरचना उद्घाटनको तारतम्य मिलाइरहेको छ । सोमवार आईसीपीको स्थलगत अवलोकनमा आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ३ दिनभित्र यो पूर्वाधारलाई उद्घाटनयोग्य बनाउन निर्देशन दिएका छन् । मन्त्री यादवले सरोकारका सरकारी अधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । ‘सरकार कुनै पनि बेला आईसीपी उद्घाटनको तयारीमा छ । तपाईंहरूले चैत २२ गतेभित्रै यो संरचनाका बाँकी काम पूरा गर्नुहोला,’ यादवले भने ।

भारतले गतहप्ता नेपाल इण्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गरेको आईसीपीमा भन्सार क्षेत्र घोषणाको प्रक्रियागत काम बाँकी छ । इण्टरनेट र सर्भर जडानको कामसमेत बाँकी रहेको समितिका अधिकारीहरूले बताएका छन् । आईसीपीका बाँकी कामलाई पूर्णता दिन कर्मचारीले वैशाख १ गते (अप्रिल १५)सम्म लाग्न सक्ने बताएकोमा मन्त्री यादवले चैत २२ (अप्रिल ५) भित्रै सम्पूर्ण काम सक्न निर्देशन दिए । आईसीपी व्यापारको विस्तार र आर्थिक अनुशासनका लागि पनि महŒवपूर्ण हुने दाबी यादवले गरे ।

वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले चैत २२ पछि कुनै पनि बेला आईसीपी उद्घाटन हुन सक्ने भन्दै यो अन्य देशका लागि पनि उदाहरणीय बन्नुपर्ने बताए । विराटनगर, भैरहवा र नेपालगञ्जमा निर्माणाधीन आईसीपीको प्रभावकारितामा यहाँको अनुभव काम लाग्ने उनको भनाइ थियो । सचिव घिमिरेले यो संरचनालाई बहुउपयोगी बनाउनुपर्ने बताए । भारतमा जीएसटी कार्यान्वयनमा देखिएको समस्याका कारण नेपालको व्यापारमा समस्या भएको भन्दै उनले सहजीकरणका लागि भारतीय कूटनीतिज्ञहरूको ध्यानाकर्षणसमेत गराए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको वैदेशिक व्यापारका लागि सबैभन्दा नजीकको बिन्दु वीरगञ्जमा निर्माण भएको आईसीपीले नेपालको वैदेशिक व्यापारलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे । नेपाल–भारत सीमानामा दुवैतर्पm समान संरचनामा निर्माण भएको आईसीपीको भारततर्पmको संरचना निर्माण अघिल्लो वर्ष जेठमै सम्पन्न भइसकेको थियो ।

कर्मचारीलाई मन्त्रीको कटाक्ष

वाणिज्यका क्षेत्रमा आपूm नयाँ भएको बताएका मन्त्री यादव विभागीय कर्मचारीहरूलाई कटाक्ष गर्न भने अगाडि देखिए । नेपाल इण्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले आईसीपीको बाँकी पूर्वाधार मिलाउन अप्रिल मध्यसम्मको समय चाहिने बताए पनि यादवले २२ चैतभित्रै पूरा गर्न दबाब दिएपछि प्रतिवाद गर्न सकेनन् ।

भन्सार विभागका महानिर्देशक जगदीश रेग्मीले आईसीपीमा भन्सार प्रक्रियाका लागि भन्सार क्षेत्र घोषणा गरी राजपत्रमा प्रकाशित गरिनुपर्ने भएकाले समय लाग्न सक्ने बताए । मन्त्रिपरिषद्को निर्णयको जिम्मा आप्mनो भएको जवाफ मन्त्रीले दिए पनि महानिर्देशक पनि चूप भए । दबाबका अगाडि नाजवाफ बनेका कर्मचारीलाई मन्त्रीले ‘तयारी गर्न सक्नु हुन्छ कि हुन्न, अहिल्यै भन्नोस नत्र पछि मिडिया बोल्न पाइन्न’ भनेर कटाक्षसमेत गर्न भ्याए । कर्मचारीले सञ्चारमाध्यममा ‘बोलेको’प्रति असन्तुष्टि जाहेर गर्दै मन्त्री यादवले भने, ‘आजकल नेताभन्दा कर्मचारी बढी बोल्न थालेका छन् ।’

सुन्नै चाहेनन् सुझाव

आईसीपीका सम्भावित समस्या र पूर्वाधार सुधारका सुझाव भने मन्त्रीले सुन्नै चाहेनन् । कर्मचारीले गोदाम, सेड, पार्किङ, आईसीपीसँग सम्पर्क सडकलगायत पूर्वाधार सुधारको आवश्यकता औंल्याएका थिए । अन्य तीन स्थानमा आईसीपी निर्माण भएपछि यहाँको चाप स्वतः न्यून हुने भन्दै यादवले सञ्चालन नहुँदै समस्याका कुरा नगर्न निर्देशन दिए ।

कार्यकारी निर्देशक बस्नेतले अन्य आईसीपी सञ्चालनमा आएपछि पनि केही कार्गो अन्यत्र जान सक्ने, तर भौगोलिक अवस्थिति र ढुवानी सहजताका कारण वीरगञ्जको चाप खासै नघट्ने बताएका थिए । उनले पूर्वाधार सुधारको आवश्यकता औंल्याए । अन्य आईसीपी अहिले निर्माणकै चरणमा छन् ।

कार्यक्रममा सहभागी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले पनि गोदाम अपर्याप्त हुने दाबी गरे । उनले निर्माणअघि नै आपूmहरूले दिएको सुझाव सुनुवाइ नभएको गुनासोसमेत गरे ।

सञ्चालनको व्यग्र प्रतीक्षा

सन् २००५ मा सम्झौता भएर २०१० मा शिलान्यास भएको यो संरचना ८ वर्षमा निर्माण पूरा भएको हो । सन् २०१३ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएकोमा ठेकेदारको ढिलासुस्ती, निर्माण सामग्रीको अभाव, मुआब्जाको विवादलगायत कारणले ढिलाइ भएको हो । भारततर्फ १ सय र नेपालको १ सय १५ बिगाहा क्षेत्रफलमा निर्माण भएको यो आईसीपी पूर्वाधार र लगानीका दृष्टिले अन्य निर्माणाधीन आईसीपीभन्दा ठूलो हो ।

Source:http://www.abhiyan.com.np


भर्खरको समाचार

Title Category Create Time Eng Nep
Nepal to have benefit in GSP facilities even after Nepal's LDC graduation समाचार 2023-09-27 00:00:00.0
UK has come out with The Developing Countries Trading Scheme (DCTS) समाचार 2023-09-07 00:00:00.0
Hong Kong Trade Development Council (HKTDC) visited Trade and Export Promotion Centre समाचार 2023-08-29 00:00:00.0
Deputy Head of Mission, Australian Embassy in Kathmandu visited Trade and Export Promotion Centre समाचार 2023-08-28 00:00:00.0
Nepal-USA Trade and Investment Framework Agreement (TIFA) Meeting समाचार 2023-05-23 00:00:00.0

सबै खोज्नुहोस् समाचार

Title Category Eng Nep
Nepal-India ICG meeting will be focused on trade facilitation समाचार
Minister Yadav directed the ministry to make Birjgunj ICP ready for inauguration in 3 days. समाचार
Govt fixes support price for coffee समाचार
Bangladesh permits Nepal's yarn export via Banglabandha Dry Port (Nepali Version) समाचार
China agrees to open market for Nepalese tea समाचार
काठमाडौंलाई व्यापारको हब बनाइने समाचार
मुस्ताङको स्याउ बजारमा समाचार
Production of seven provinces in a single sales center समाचार
Cardamom insurance, compensation if plant dies समाचार
Export of Rs. 80 Billion in 6 months of fiscal year 2079/80 (Nepali) समाचार
प्लास्टिकका फूलहरूको उत्पादन र आयातमा रोक, अबको विकल्प के? समाचार
Rebranding the West समाचार
Services-led growth key to Nepal’s green, resilient, and inclusive development समाचार
Discussion on Trade facilitation समाचार
From now 'output- based' on grants only समाचार
नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल समाचार
निकासी प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न समाचार
Nepalese Chyangra farmers trained to add value to pashmina fibres समाचार
India hands over Jaynagar-Kurtha cross-border rail section समाचार
ECTS system in Nepali cargo coming to Kolkata port. समाचार
DoC introduces ExIm code for traders समाचार
Nepal's trade is now surplus in US market समाचार
India to grant Nepal access to two key ports in Gujarat & Odisha under trade, transit treaties समाचार
ITC partners with national private and public stakeholders and the World Bank to establish a Nepali value chain for the Pashmina sector. समाचार
Revolving fund of Rs 10 million set up for agriculture and education समाचार
Commerce and Trade Agreement will be reviewed समाचार
Insurance designed to make cardamom farming commercial समाचार
१७ करोड बराबरको नेपाली सिमेन्ट भारतमा निर्यात समाचार
UK's New trading scheme cuts tariffs on hundreds of everyday products समाचार
Training of Trainers (TOT) on Nepali products designs as per Demand in the International Market समाचार
Policymakers voice for enhancing bilateral economic cooperation समाचार
Kiwi fruit saplings being exported to Bhutan समाचार
Prime Minister's China Visit: Agreement on three ports समाचार
The process of building dry port in Chobar has started. समाचार
ऊनी फेल्टका झोला निर्यात समाचार
भन्सार दर तथा अन्तशूल्कको दर हेरफेर समाचार
Export opportunities emerge as Nepal prepares move beyond LDC status समाचार
Root cause analysis addresses non-tariff measures in Central Europe समाचार
कफी खाने बढे, सरकारले ध्यान दिए अर्थतन्त्रको खम्बा बन्नसक्छ समाचार
Railway agreement between Nepal and India समाचार
TIFA meeting after 6 years: US interest to increase export of Nepali products. समाचार
सिमेन्ट र क्लिंकरको निर्यात बढ्यो समाचार
वार्षिक निर्यात ५० करोडभन्दा बढी भए थप सुविधा कार्तिक 3, वुधवार समाचार
राष्ट्रवादी नाराले हुँदैन, उपभोक्ता र व्यापार सन्तुलनका लागि सस्तो वस्तु आयात गरेर महँगो वस्तु निर्यात गर्ने हो : सरद बिक्रम राणा [अन्तर्वार्ता] समाचार
EU-Nepal Trade and Investment Project समाचार
Nepali Cargo Rail Access to Calcutta समाचार
U.S.-Nepal Joint Statement on 3rd Trade and Investment Framework Council Meeting समाचार
Honorable Minister for Industry, Commerce & Supplies Ramesh Rijal's visited TEPC समाचार
केही वस्तुको आयातमा प्रतिबन्धको निरन्तरता समाचार
Nepal participated in the first International Planning Meeting ahead of Expo 2025 Osaka Kansai. समाचार
Nepal: Coffee Export Guides, Market Access Map and Quality for Trade Platform launched समाचार
सुनको मूल्य तोलाको एक लाख नजिक समाचार
राष्ट्रपति ओबामाद्वारा नेपाल ट्रेड प्रिफिरेन्सेस तबलमा हस्ताक्षर समाचार
Minimize Trade Deficit समाचार
'EXIM Code mandatory from Augusut: Deposit amounted reduced to 3 lakhs समाचार
Registration into GACC for Exporting to China समाचार
Nepal-USA Trade and Investment Framework Agreement (TIFA) Meeting समाचार
Narrowing gap on Trade Deficit due to Import Restriction (in Nepali) समाचार
President Obama Signs Proclamation to Implement Nepal Preference Program समाचार
Int'l Women's Trade Expo concludes on a high note समाचार
Minimize trade deficit समाचार
Nepal-China trade: free trade feasibility study on the cards समाचार
Deputy Head of Mission, Australian Embassy in Kathmandu visited Trade and Export Promotion Centre समाचार
व्यापार घाटा झन्डै १६ प्रतिशतले घट्यो। समाचार
भन्सार एजेन्टको परिक्षामा उत्तिर्ण भएकाहरुलाई ईजाजतपत्र समाचार
ADB forecasts modest economic growth समाचार
Govt targets 4% GDP contribution from NTIS products समाचार
Nepal-China trade set to surge with Tatopani Customs re-opening समाचार
Kerung is now an international border point समाचार
Department of Customs and the Trade and Export Promotion Centre sign Memorandum of Understanding समाचार
मुस्ताङबाट ५० करोडको स्याउ निकासी समाचार
जनप्रशासन संघ एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र बिच अन्तरकृया कार्यक्रम सम्पन्न समाचार
लगानी प्रवद्र्धन केन्द्रित नीति बनाउन सुझाव समाचार
Nepali VP sees huge market in China for Nepali products समाचार
Consultation meeting on Trade Policy Review held समाचार
Cargo tracking system will be implemented soon : Ministry of Industry, Commerce, and Supplies समाचार
It is important to increase the role of TEPC समाचार
Hong Kong Trade Development Council (HKTDC) visited Trade and Export Promotion Centre समाचार
जर्मनीका व्यापार मेलाहरुबारे छलफल सम्पन्न समाचार
Nepal participated in Biofach Trade Fair 2022 in Nuremberg, Germany. समाचार
वित्तीय क्षेत्र सुदृढीकरण गर्न विश्व बैंकको १८ अर्ब ऋण सहयोग समाचार
Economic growth rate of Province-2 is 3.5 percent समाचार
Foreign Trade Statistics of Nepal [First two months (Shrawan-Bhadra) of Fiscal Year 2074-75] समाचार
UK has come out with The Developing Countries Trading Scheme (DCTS) समाचार
मंसिर २३ देखि हस्तकला व्यापार मेला समाचार
Upto 8% Cash Incentives in some of the Potential Export products समाचार
राष्ट्रिय सम्पत्तिको मूल्यांकनमा जोड समाचार
Cereal crop production up, vegetable production down in Karnali समाचार
The problem of trade and transit between Nepal and India will be resolved. समाचार
Nepal to discuss trade barriers at IGC meet समाचार
Nepal to have benefit in GSP facilities even after Nepal's LDC graduation समाचार
Nepal's Export Trade via Rasuwa Border Resumes (Nepali Version) समाचार
China announces zero-tariff treatment for 98% of tariff lines for 16 LDCs समाचार
इन्डोनेसियाको निर्यात प्रतिबन्धले नेपालमा असर समाचार
Government and World Bank complete annual review of portfolio performance समाचार
Millions of rupees of tax evasion in carpet industry revenue समाचार
Nepali EPG urges new peace, friendship treaty with India समाचार
MoC launches updated NTIS 2016 समाचार
EU-TIP Support to Capacity Building of MSMEs in Trade and Export (Nepali version) समाचार
स्वदेशी उत्पादनलाई ‘कलेक्टिभ ट्रेडमार्ग’ आवश्यक छ : राणा समाचार
चियाले विदेशी मुद्रा भित्र्याएको दाबी समाचार
Around 50,000 he-goats, sheep to be brought in Valley for Dashain समाचार