Legal Documents
Cardamom insurance, compensation if plant dies Farmer's Insurance Committee has brought insurance plan for cardamom into operation as demanded by the farmers. Now, farmers are able to insure their cardamom crops.

काठमाडौंः कृषकहरूको मागलाई मध्यनजर गर्दै बिमा समितिले अलैंची बिमा योजना सञ्चालनमा ल्याएको छ । योसँगै अब देखि कृषकहरूले अलैंची खेतीको समेत बिमा गर्न पाउने भएका छन् । समितिले मंसिरदेखि यो योजना सञ्चालनमा ल्याएको हो ।
नेपालमा अलैंची खेतीको सम्भावना बढ्दै गएकाले यसको माग बढेको बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । “कीरा तथा प्राकृतिक प्रकोपका कारण अलैंची खेती नष्ट हुन सक्ने सम्भावना भएकाले बिमा योजना जारी गरेका हौं । यसले कृषकहरूलाई सुरक्षा प्रदान गर्नेछ,” उनले भने ।
अलैंची खेती बिमा योजनाले बिमा अवधिमा अलैंचीको बोट क्षति भएमा वा हानि–नोक्सानी भएमा लागत मूल्यaczअनुसारको क्षतिपूर्ति रकम भुक्तानी गर्नेछ । खेती ७५ प्रतिशतभन्दा बढी नोक्सानी भएमा पूर्ण क्षति अनुसार दाबी गर्न सकिनेछ ।
विमकले वास्तविक क्षतिको ९० प्रतिशत रकमसम्म भुक्तानी गर्नेछन् । यस योजनाले आगलागी, चट्याङ, भूकम्प, बाढी, खडेरी, डुबान, पहिलो, आँधीबेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक दुर्घटना, कीरा तथा रोगबाट हुने हानीको सुरक्षण गर्नेछ ।
बिमाले खेतीको सुरक्षा गरेपनि कृषकको परिवारको लापरवाही, जानाजान तथा रिसईबीपूर्ण व्यवहारका कारणले खेतीमा क्षति पुगेमा बिमकले भुक्तानी गर्दैन । त्यस्तै, कानुनी निकायको आदेशमा बिमा गरिएको खेतीको नष्ट गर्नुपर्ने भएमा, चोरी भएमा, खेती गरिएको जमिन विक्री गरेमा, युद्ध, अतिक्रमण, विदेशी सैन्य कारबाहीजस्ता कारणले बिमा गरिएको अलैंची खेतीमा क्षति भएमा समेत कम्पनीले क्षतिपूर्ति दिंदैन ।
कृषकले बिमित खेतीको विवरण झूटो दिएमा समेत कम्पनीले क्षति बेहोर्दैन । त्यस्तै, अलैंचीको बाँझोपनका कारण अलैंची उत्पादन नभएमा वा नफलेमा यस बिमालेखले सुरक्षण प्रदान गर्दैन ।
अलैंची खेतीको बिमा गर्नका लागि न्यूनत्तम आधा रोपनी जग्गामा खेती गरेको वा न्यूनतम ३ सय बोट अलैंची हुनुपर्नेछ । खेती सुरु गरिएको अवधिदेखि १२ वर्षसम्म बिमा गर्न सकिनेछ । खेतीको जोखिम रक्षावरण तथा बिमा दाबीप्रति बोटको उत्पादन लागतका आधारमा गरिनेछ ।
खेतीको लागत मूल्य (प्रतिहेक्टर) र बिरुवाको संख्या (प्रतिहेक्टर) को आधारमा बिमांक रकम तोकिने समितिले बताएको छ । कृषकले बिमांक रकमको ५ प्रतिशत मात्रै बिमाशुल्क भुक्तानी गर्नु पर्नेछ । कृषकले प्रत्येक वर्ष खेतीको बिमा नविकरण गर्नुपर्नेछ । यो बिमालेख जारी हुनुभन्दा पहिले नै खेती गरिसकेका कृषकले पनि बिमा गर्न पाउनेछन् ।
Most Recent News
Title | Category | Create Time | Eng | Nep |
---|---|---|---|---|
China announces zero-tariff treatment for 98% of tariff lines for 16 LDCs | News | 2022-08-07 00:00:00.0 | ||
8% Cash Incentives in some of the Potential Export products | News | 2022-08-05 00:00:00.0 | ||
Nepal participated in Biofach Trade Fair 2022 in Nuremberg, Germany. | News | 2022-08-03 00:00:00.0 | ||
जनप्रशासन संघ एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र बिच अन्तरकृया कार्यक्रम सम्पन्न | News | 2022-07-29 00:00:00.0 | ||
भन्सार एजेन्टको परिक्षामा उत्तिर्ण भएकाहरुलाई ईजाजतपत्र | News | 2022-07-27 00:00:00.0 |