Legal Documents
The problem of trade and transit between Nepal and India will be resolved. Minister for Industry, Commerce and Supplies Matrika Prasad Yadav today called on Minister of External Affairs of India Sushma Swaraj in New Delhi and both sides discussed about taking mutual trade and developmental partnership forward.Q

विश्व ब्यापार संगठनको मार्च १९ र २० मा भारतको नयां दिल्लीमा आयोजना गरिएको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सन्दर्भमा मार्च १९ का दिन नयां दिल्ली आइपुग्नु भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतका वाणिज्यमन्त्री सुरेस प्रभु र परराष्ट्रमन्त्री सुषमा स्वराजसंग भेटवार्ता सम्पन्न भयो ।
भारतका उद्योग तथा वाणिज्यमन्त्रीसंगको भेटमा माननीय मन्त्री यादवज्यूले नेपालबाट भारतमा निकासी हुने वस्तुहरु (खासगरी कृषिजन्य वस्तुहरु) को निर्यात सरलीकरण गर्न नेपाल भारत सीमाका मुख्य भंसार नाकाहरुमा क्वारान्टाइन लगायतका व्यापारजन्य पूर्वाधार निर्माण गर्ने, भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्ने र नेपालमा भारतीय लगानी वृद्धि गर्ने विषयमा जोड दिनुका साथै आगामी अप्रिल महिनामा नेपालमा हुने वाणिज्य सचिव स्तरिय बैठकलाई सफलतापूर्वक सम्पन्न गर्ने लगायतका विषयमा आफ््नो भनाई राखेका थिए ।
भारतीय मन्त्री सुरेस प्रभुले नेपाल–भारत बीचको व्यापार र पारवहनमा देखा परेका समस्याहरु बारेमा आफु जानकार रहेको र ती समस्याहरु समाधान गर्न, नेपालमा उत्पादनको उच्च संभावना भएका वस्तुहरुमा लगानी बृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा नतिजा देखिने गरी काम गर्न भारत इच्छुक रहेको विचार व्यक्त गरे । यसैगरी, आगामी वाणिज्य सचिव स्तरिय बैठकलाई सफल बनाउन पूर्ण तयारीका साथ कार्म थाल्ने तत्काल गर्न सकिने कार्यहरुका सन्दर्भमा तत्काल कार्य शुरु गर्न सहमती जनाए ।
त्यसैगरी, भारतका विदेशमन्त्री सुषमा स्वराजसंगको भेटको अवसरमा मन्त्री यादवले नेपालमा राजनैतिक परिवर्तन पश्चात अबको लक्ष्य देशलाई एकतावद्ध गर्ने, राजनीतिक स्थायित्व कायम गर्ने, सुशासन, आर्थिक वृद्धि र समृद्धि हासिल गर्ने रहेको र सोही कार्यको लागि जनादेश प्राप्त भएको विषयमा जोड दिए ।
साथै उनले नेपाल भारत बीचको व्यापार र पारवहनको क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न एकीकृत जांच चौकी लगायतका व्यापारजन्य पूर्वाधार निर्माण, क्रश बोर्डर रेलवे निर्माण, कलकत्ताबाट नेपाल आउने कार्गोलाई थप सहजीकरण, कलकत्ता देखि कोशीनदिसम्म जलमार्ग निर्माण र नेपाल तथा बंगलादेश जोड्ने टनेलमार्ग निर्माण गरी दुई देश बीचको सम्वन्धलाई नयां उचाईंमा पु¥याउनु पर्ने लगायतका विषय राखेका थिए ।
सो सन्दर्भमा भारतका विदेश मन्त्री स्वराजले नेपाल भारत बीचको व्यापार तथा पारवहनका क्षेत्रमा भएका समस्यालाई नतिजामूलक किसिमले संवोधन गर्न आफ्नो तर्फबाट गृहकार्य भईरहेको र मूलरुपमा नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न भारत तयार रहेको विचार व्यक्त गरे ।
www.merolagani.com
Most Recent News
Title | Category | Create Time | Eng | Nep |
---|---|---|---|---|
UK has come out with The Developing Countries Trading Scheme (DCTS) | News | 2023-09-07 00:00:00.0 | ||
Hong Kong Trade Development Council (HKTDC) visited Trade and Export Promotion Centre | News | 2023-08-29 00:00:00.0 | ||
Deputy Head of Mission, Australian Embassy in Kathmandu visited Trade and Export Promotion Centre | News | 2023-08-28 00:00:00.0 | ||
Nepal-USA Trade and Investment Framework Agreement (TIFA) Meeting | News | 2023-05-23 00:00:00.0 | ||
Registration into GACC for Exporting to China | News | 2023-05-11 00:00:00.0 |