Legal Documents
व्यापार घाटा झन्डै १६ प्रतिशतले घट्यो। व्यापार घाटा झन्डै १६ प्रतिशतले घट्यो।

व्यापार घाटा झन्डै १६ प्रतिशतले घट्यो।
२०७९ मंसिर, ११
सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको वैदेशिक व्यापार घाटा कमी आएको छ।भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार गएको वर्षको भन्दा यो वर्ष व्यापार घाटा झन्डै १६ प्रतिशतले घटेको छ ।
४ महिनामा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएको वर्षको चार महिनाको तुलनामा १८ दशमलव ८ प्रतिशतले कम हो ।
यस्तै, चार महिनामा नेपालले ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यो गएको वर्षको तुलनामा ३३.३० प्रतिशतले कमी हो । ४ महिनामा नेपालको व्यापार घाटा ४ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ ।
सरकारले निजी प्रयोजनका लागि आयात हुने गाडी, सुपारी लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि व्यापारमा कमी आएको हो । ४ महिनामा नेपालले २२ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल तथा ३९ अर्ब रुपैयाँको घिउ/तेल आयात गरेको छ ।
यस्तै, ५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि कच्चा पदार्थ, १ खर्ब ८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, १२ अर्ब रुपैयाँको रासायनिक मल र बिउ, २१ अर्ब रुपैयाँको मार्बल र यसका उत्पादन, ४२ अर्ब रुपैयाँको फलाम र स्टिल आयात भएको छ । यस्तै नेपालबाट ४ अर्ब रुपैयाँको चिया कफी, साढे १५ अर्ब रुपैयाँको घिउ/तेल र बोसो, झन्डै २ अर्ब रुपैयाँको तयारी खाद्यान्न, १ अर्ब रुपैयाँको काठबाट बनेका हस्तकलाका सामग्री, १ अर्ब रुपैयाँको तयारी पोसाक लगायतका वस्तु निर्यात भएको छ ।
Most Recent News
Title | Category | Create Time | Eng | Nep |
---|---|---|---|---|
Bangladesh permits Nepal's yarn export via Banglabandha Dry Port (Nepali Version) | News | 2023-01-10 00:00:00.0 | ||
EU-TIP Support to Capacity Building of MSMEs in Trade and Export (Nepali version) | News | 2023-01-03 00:00:00.0 | ||
Nepal's Export Trade via Rasuwa Border Resumes (Nepali Version) | News | 2022-12-28 00:00:00.0 | ||
मंसिर २३ देखि हस्तकला व्यापार मेला | News | 2022-12-07 00:00:00.0 | ||
जर्मनीका व्यापार मेलाहरुबारे छलफल सम्पन्न | News | 2022-12-02 00:00:00.0 |