Legal Documents

मुस्ताङको स्याउ बजारमा
दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो ।

चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । 

दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्याउन भ्याइनभ्याई छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनले स्याउ बारमा पुर्याउँछन् । लामाले यसवर्ष पनि बगान ठेक्कामा लिएका छन् ।  

 

“५० लाख रुपैयाँमा खरिद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पुर्याउने लक्ष्य छ”, उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिएका हुन् । ‘‘दसैँपछि बजारमा माग घट्छ, कोशेलीकै कारण दसैँका बेला बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ,’’ लामाले भने, ‘‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्याउने गरेको छु ।’’ 

बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ । बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ । दसैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । ‘यहाँ मुस्ताङको स्याउ पाइन्छ’ अधिकांश फलफुलका पसलमा यही  लेखेर टाँस्ने गरेको स्याउ व्यवसायी पल डिसी बताउनुहुन्छ । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो रु २०० देखि रु २५० सम्ममा बिक्री गर्छन् ।  

 

विसं २०२२ मा कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क छ । सरकारले सुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । वर्षभरि खान चाना बनाएर सुकाउने चलन छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् । रासस


Most Recent News

Title Category Create Time Eng Nep
Services-led growth key to Nepal’s green, resilient, and inclusive development News 2021-10-19 00:00:00.0
मुस्ताङको स्याउ बजारमा News 2021-10-06 00:00:00.0
Government and World Bank complete annual review of portfolio performance News 2021-09-19 00:00:00.0
Around 50,000 he-goats, sheep to be brought in Valley for Dashain News 2021-09-19 00:00:00.0
Economic growth rate of Province-2 is 3.5 percent News 2021-09-17 00:00:00.0

Search All News

Title Category Eng Nep
TIFA meeting after 6 years: US interest to increase export of Nepali products. News
Govt targets 4% GDP contribution from NTIS products News
Prime Minister's China Visit: Agreement on three ports News
U.S.-Nepal Joint Statement on 3rd Trade and Investment Framework Council Meeting News
Nepali VP sees huge market in China for Nepali products News
Railway agreement between Nepal and India News
Nepali Cargo Rail Access to Calcutta News
'EXIM Code mandatory from Augusut: Deposit amounted reduced to 3 lakhs News
Economic growth rate of Province-2 is 3.5 percent News
Minimize Trade Deficit News
Nepal-China trade: free trade feasibility study on the cards News
Cereal crop production up, vegetable production down in Karnali News
Minimize trade deficit News
Kerung is now an international border point News
Government and World Bank complete annual review of portfolio performance News
Nepal-China trade set to surge with Tatopani Customs re-opening News
Department of Customs and the Trade and Export Promotion Centre sign Memorandum of Understanding News
Around 50,000 he-goats, sheep to be brought in Valley for Dashain News
Consultation meeting on Trade Policy Review held News
It is important to increase the role of TEPC News
मुस्ताङको स्याउ बजारमा News
Cargo tracking system will be implemented soon : Ministry of Industry, Commerce, and Supplies News
Foreign Trade Statistics of Nepal [First two months (Shrawan-Bhadra) of Fiscal Year 2074-75] News
Services-led growth key to Nepal’s green, resilient, and inclusive development News
The problem of trade and transit between Nepal and India will be resolved. News
Nepal to discuss trade barriers at IGC meet News
MoC launches updated NTIS 2016 News
Millions of rupees of tax evasion in carpet industry revenue News
Nepali EPG urges new peace, friendship treaty with India News
Govt fixes support price for coffee News
Nepal-India ICG meeting will be focused on trade facilitation News
Minister Yadav directed the ministry to make Birjgunj ICP ready for inauguration in 3 days. News
Cardamom insurance, compensation if plant dies News
Production of seven provinces in a single sales center News
President Obama Signs Proclamation to Implement Nepal Preference Program News
Discussion on Trade facilitation News
From now 'output- based' on grants only News
ECTS system in Nepali cargo coming to Kolkata port. News
DoC introduces ExIm code for traders News
Commerce and Trade Agreement will be reviewed News
Insurance designed to make cardamom farming commercial News
President Obama Signs Nepal Trade Preferences Bill News
Int'l Women's Trade Expo concludes on a high note News
The process of building dry port in Chobar has started. News