Legal Documents
कफी खाने बढे, सरकारले ध्यान दिए अर्थतन्त्रको खम्बा बन्नसक्छ नेपालका विकासोन्मुख शहरमा कफीसप खुल्ने रुची भने बढ्दै गएको देखिन्छ । कफी चौतारीको रुपमा कफी सप जाने विकास भइरहेको छ ।
कफी खाने बढे, सरकारले ध्यान दिए अर्थतन्त्रको खम्बा बन्नसक्छ
नेपालमा ८ दशक अघिदेखिनै गुल्मीबाट कफीको प्रवेश भएपनि व्यवसायीकरुपमा उत्पादन शुरु भएको ३ दशकमात्रै भएको छ ।
एक दशकअघिसम्म कफीको आन्तरिक बजार त्यतिराम्रो थिएन । साथै, कफी खाने संस्कार पनि थिएन । अहिले ठूला शहरमा कफी खाने चलन बढे पनि अझै गाउँघरमा कफी सप छैनन् ।
नेपालका विकासोन्मुख शहरमा कफीसप खुल्ने रुची भने बढ्दै गएको देखिन्छ । कफी चौतारीको रुपमा कफी सप जाने विकास भइरहेको छ ।
विगतका दिनमा किसानहरू निकै उत्साहित भएर कफी उत्पादन गरिरहेका थिए । तर, यसको बजार सुनिश्चित नहुँदा छोडेर हिड्नुपर्ने अवस्था आयो ।
अहिले नेपालमा कफीको अभाव छ । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्ने हो भने अधिकतम उत्पादन भएको (ग्रीन मिक्स कच्चा पदार्थ) ५ सय ३१ मेट्रिकटन पुगेको थियो । उक्त परीणाम अहिले घट्दो क्रममा छ ।
कोभिड आउनुभन्दा अगाडि २०१९ मा नेपालमा अत्यधिक चिसोका कारणले १३ जिल्ला कफीका बोट मरे । ३-४ दिनसम्म परेको तुसारोले झण्डै १ हजार हेक्टरका कफीका बोटहरू नष्ट भए । जसले गर्दा उत्पादनमा कमी आएको छ ।
पछिल्लो समय धेरै कफी सपहरू खोलेका छन् । नेपाल कफी उत्पादक संघको सर्वेक्षणअनुसार ५ वर्षअघिसम्म मुस्किलले साना, ठूला र मझौला गरेर ३ सय कफी सप थिए भने अहिले १५ सय बढी नाघिसकेको छन् ।
उक्त सपहरूमा खपत हुने भनेको तयारी कफी हो । १५ सयभन्दाबढी कफी सपहरूले मासिक १० केजीमात्रै खपत गरेभने डिमान्ड निकै माथि जाने देखिन्छ ।
यो वर्षको तथ्याङ्कअनुसार नेपालमा ग्रीन बिन्स कफी ३ सय मेट्रिक टन उत्पादन भएको छ । तर, अहिले राष्ट्रिय बजारको खपत झण्डै ६ गुणाबढी छ ।
खपत उच्च तर उत्पादन कम छ । नेपालमा बजार बढ्नु, कफीको संस्कार र मोह बढ्नु राम्रो कुरा हो । भविष्यमा कफीले नेपाल सरकारलाई निकै टेवा पुर्याउँछ । उत्पादन कम गर्ने र धेरै आयात गर्ने प्रवृत्ति समस्याको रुपमा रहेको छ । जसले गर्दा नेपाली पैसा बाहिरिएको छ ।
क्याफे कल्चरले व्यापार प्रवद्र्धन गरे पनि उत्पादन, प्रशोधन, बजारीकरण गर्नेमा ध्यान दिन सकेका छैनौं ।
पछिल्लो समय तीव्ररुपमा कफीको विकास हुँदै गएको छ । नेपाली कफीको गुणस्तर निकै राम्रो छ । नेपालको कफी थोरैमात्रै भए पनि विश्वबजारमा परिचित छ ।
नेपालमा उत्पादन भएको कफीको स्वाद, बास्ना, फाइदा र सामाजिक रुपमा प्रशंसा गर्ने अवस्थामा छ । तर, बजारको माग धान्नलाई कमसल, सस्तो र गुणस्तरहिन कफी आयात बढेको छ । साथै, विभिन्न देशले निर्यात गरेको कफीलाई नेपाली नाम दिने प्रचलन रहेको छ ।
कफीको बिरुवा नदेखेको व्यक्तिले आर्थिक लाभका लागि नेपालको कफीको नाम बेचेर नेपाली कफीलाई आफ्नो ब्राण्डिङ गर्ने, बिक्री गर्नेले गर्दा वास्तविक किसान, उद्यमलगायत अन्य मर्कामा पर्ने अवस्था रहेको छ ।
विश्वबजारमा नेपालको कफीको माग अत्यधिक छ । नेपालमा कफीको उत्पादन तथा निर्यातको क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई हाम्रो कफी बारेमा थाहा थिएन । पछिल्ला ७ वर्षमा भने व्यवसायीक, उद्यमी, किसानको तर्फबाट अध्ययन गर्न गर्यौं ।
नेपालको कफीलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ, बढीभन्दा बढी गुणस्तर कफी कसरी उत्पादन गर्न भनेर कफी सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय निकायको सम्पर्कमा पुग्यौं ।
अहिले विशिष्ट गुणस्तर कफी भनेको ‘हाई स्पिसियालिटी कफी’ हो । जुन एराबिका भित्रको हो । कफीसँग जोडिएको भू-बनावट, उचाई, विधि प्रक्रिया, प्रयोग गरिने मलखाद व्यवस्थापन, सिँचाई, काठछाँट, उचित समयमा पाकिने कफीलाई प्रशोधन प्रक्रियाहरूलगायत अन्य कुराहरूले गुणस्तरमा प्रभाव भन्ने किसानहरूले बुझ्न थालेका छन् ।
कफीको उत्पादन, उत्पादकत्वको मात्रा र गुणस्तर तय गर्दछ । अहिले विश्वबजारले गुणस्तरयुक्त कफीमा मूल्य तिर्ने भनेको एकल प्रजाति (अराबिका)को कफी हो । नेपालमा उक्त एराबिक उत्पादन हुने प्रचुर सम्भावना छ ।
साथै, अर्ग्यानिक कफीको माग पनि बढी छ । कफीको क्षेत्रमा नेपालले ठूलो यान्त्रिकरणका औजारहरू प्रयोग गर्न सकेका छैनौं । हामी म्यानुअल नै छौं । कफीको क्षेत्रमा प्राचिन ढङ्गबाटै कामहरू भइरहेको छ ।
नेपालको हावा पानी, जमिन, हिमालले गर्दा नेपालको कफी उत्कृष्ट छ । कफीका गुणस्तरमा विधि प्रक्रियालाई पूरा गरेर ‘कप टेस्टर’ गर्दा ८० भन्दाबढी अंक प्राप्त भयो भने स्पिसियालिटी कफी र ९० भन्दाबढी अंक प्राप्त गर्यो भने ‘हाई स्पिसियालिटी’ कफी हुन्छ । उक्त कफीको मूल्य छुट्टै पाउँछ । साथै, १० वटा विशेषतासहित गुणस्तर मापन गर्ने प्रचलन छ ।
नेपालमा अधिकतम कफी उत्पादन गर्नेमा साना किसानहरू उत्पादित भएकाले संगठित भएर प्राथमिक सहकारी र समूहहरू बनाएका छौं । जसमा किसानहरू संगठित भएर फिर ट्रेडमा लैजान सकिन्छ । सामाजिक, आर्थिक रुपान्तरण लैजान सक्ने अवस्था रहेको छ ।
अर्गानिक पद्दतिको कफी अधिकतम राम्रो गुणस्तरमा आयो र थोरै एउटा जिल्लाले एक कन्टेनर उत्पादन गर्न सकेमा सहज हुनेछ । केही उद्यमी तथा किसानले अन्तर्राष्ट्रिय देशबाट मान्यता प्राप्त छन् । जसले गर्दा नेपालमा अर्गानिक कफी पाइन्छ भन्ने धारणा छ ।
नेपालको कफी अर्गानिक र प्राकृतिकरुपमा डिक्याफिनेटेड छ । नेपालको प्रत्यक जिल्लामा उत्पादन भएका कफीलाई परीक्षण गर्दै आएका छन् । हरेक जिल्लामा उत्पादन भएको कफी ८० अंक नाघेको छ ।
उत्पादन थोरै छ । प्रचुर सम्भावना हुँदा पनि एकैपटक धेरै उत्पादन गर्न सक्दैनौं । राज्य स्तरको नीति, लगानीको जोखिम, हदबन्दी, वनको कारणले अगाडि ल्याउन सकेको छैन । साथै, युवा वर्गमाझ बुझाउन नसक्दा हामीले केही वर्ष संघर्ष गर्नुपर्ने अवस्था देखिन्छ । हामीले उत्पादन भएका कफीलाई हाई हिमालय, हाइ माउन्टेलगायत विधिसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिरहेको छौं ।
त्यसैले, गुणस्तर र मूल्य पनि उच्च पाउने भएकाले भइरहेको जनशक्ति, किसान र बोटविरुवालाई जर्गेना गरेर अधिकतम तालिम लिइरहेका छौं ।
नेपालमा चिया खाने संस्कारबाट आएको हुनाले कफी खाने संस्कार नबस्दासम्म कफी व्यवसाय गर्न कठिन छ । साथै, व्यवसायीक र बगानको रुपमा विस्तार गर्न निकै चुनौती रहेको छ । लगानी पनि ठूलो चाहिने र प्रतिफल ३ वर्षपछि मात्रै देखिने हुँदा जोखिम धेरै रहेको छ । जोखिम धेरै भएकाले सरकारले बीमालगायत अन्य कार्यहरू अगाडि बढाएको छ । जसले गर्दा राहत मिल्नेछ ।
कफी क्षेत्रमा युवालक्षित कुनै कार्यक्रम छैन । राज्यस्तरले अनुदान, सहुलियत, तालिम, भ्रमण गोष्ठी अर्थात् कफीको महत्व बुझाउने, अध्ययन गर्नेलगायत कफी नाफामुलक हो । यसले अर्थतन्त्रलाई टेवा पु¥याउने र नाम, इज्जत छ । स्वदेशमै बसेर उद्यामशिलताको पाटोमा कफी बलियो भन्ने राज्य स्तरले बुझ्यो भने कृषि अर्थतन्त्रभित्र कृषि व्यवसायले धान्नेमा कफीले २ प्रतिशतसम्म योगदान गर्न सकिन्छ ।
पछिल्लो समय यूरोपियन यूनियनको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायत अन्य संस्थाको आह्वानमा नेपालमा कफीको सम्भावना कति छ, कति हेक्टरमा उत्पादन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भएको थियो । उक्त अध्ययनबाट ४२ वटा जिल्लामा निकै राम्रोसँग कफी उत्पादन गर्न सकिने देखिएको छ हाल २१ वटा जिल्लामा उत्पादन भइरहेको छ ।
नेपालको मध्यपहाडी जिल्लामा कफीको उत्पादन प्रचुर देखिन्छ । झण्डै ११ लाख हेक्टर क्षेत्रफलमा ७० हजार क्षेत्रफलमा उच्च विशिष्टयुक्त उत्पादन गर्न सकिने अवस्था छ । तर, हामीले यो वर्ष ३१ सय हेक्टरमा मात्रै कफी खेती गरेका छौं । त्यही पनि सबैभन्दा बढी साना किसान मात्र जोडिएका छन् ।
प्रचुर सम्भावना भएकाले अहिलेदेखि नै वास्तविक किसान पहिचान गर्ने, लक्षित वर्ग पहिचान गरी अनुदान, तालिम दिनेलगायत प्रोत्साहनस्वरुप कार्यक्रम अगाडि बढाएर ५ हजार मेट्रिक टन मात्रै उत्पादन गर्न सकेमा नेपालमा कफीले ठूलो योगदान गर्नेछ । साथै, बाँजो जमिनको सदुपयोग र नाफा कमाउन सकिन्छ । यस्तै, आयस्रोतको ठूलो मेरुदण्ड र अर्थनितीको खम्बा बन्नसक्छ ।
(पोखरेल नेपाल कफी व्यवसायी महासंघका महासचिव हुन् ।)
Source: https://clickmandu.com/2021/12/179077.html?fbclid=IwAR3QZqtY3h-pOaizAciT3vbLc7CxW4ejlPlzvBHSfsWpx6cL8k3f8HTQ2oA
Most Recent News
Title | Category | Create Time | Eng | Nep |
---|---|---|---|---|
Corporate Sustainability Due Diligence | News | 2024-07-18 00:00:00.0 | ||
Sustainability: Essential to success in the European spice sector | News | 2024-07-18 00:00:00.0 | ||
Germany - Largest apparel market in the European Union | News | 2024-07-14 00:00:00.0 | ||
How the war in Ukraine is affecting international trade and emerging economies | News | 2024-07-14 00:00:00.0 | ||
How digitalisation is shaping the apparel industry | News | 2024-07-14 00:00:00.0 |